लीलाराज दाहाल
बेइमानीको बात म के जानूँ
चोरी ठगीको भात म के जानूँ
बिश्वास बिश्वास मै हुर्कें, बढें
अविश्वासको लात म के जानूँ
कस्तो तातो !कस्तो नशालु
प्रशंसाको मात म के जानूँ
सहयोगी देखिए पहिले निकै
कोखामा छन् दाँत म के जानूँ
फुकाले तिनले त ईज्जत् सबै
नग्नताको खात म के जानूँ
मलाई सबले बिगार्नु बिगारे
यो मान्छेको जात म के जानूँ
गजलकार परिचयः लीलाराज दाहाल परवानीपुर, सर्लाहीमा जन्मेका हुन् र हाल वागमती नगरपालिका ११, जिल्ला सर्लाही हुँदै हाल ललितपुर बस्छन् । उनी कथा, लघुकथा, गजल, मुक्तक बिधामा रचना गरिरहेका छन् र ती फूटकर रुपमा बिभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
