कर्मयोगी बद्री विक्रम पुरस्कार समर्पण सम्पन्न

समाचार

 

२० असोज २०८०, कोहलपुर

कर्मयोगी बद्री विक्रम थापाको नाममा स्थापित कर्मयोगी बद्री विक्रम पूर्णिमा वाङ्मय पुरस्कार–२०८० बाट डा.नारायण प्रसाद शर्मा गैरे र कर्मयोगी बद्री विक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार–२०८० बाट कवि नवीन अभिलाषी जनही नगद राशी रू.२०,००५/– ले सम्मानित भएका छन् ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार कोहलपुरमा आयोजित साहित्यिक कार्यक्रममा सो पुरस्कार प्रमुख अतिथि गोरखापत्रका पूर्व प्रधानसम्पादक साहित्यकार श्रीओम श्रेष्ठ रोदनले समर्पण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोदनले पश्चिम क्षेत्र साहित्यप्रतिको लोभलाग्दो सक्रियताले आफुहरूलाई थप उर्जा मिलको बताए । उनले कर्मयोगी बद्री विक्रम थापा जहा–जहाँ आफ्नो कार्यको सिलसिलामा पुगे ती जिल्लामा साहित्य लगायतका सेवा सम्बन्धि काममा पुरस्कार स्थापना गर्दै आएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि सनत रेग्मीले सम्मानित स्रष्टालाई बधाई दिँदै साहित्यको उन्नयनमा प्रतिष्ठानले गर्दै आएको अभियानले आफ्नो युवावस्थाको जोश, सक्रियता सम्झाएको बताए । उनले पश्चिम नेपालको साहित्यको केन्द्रका रूपमा कोहलपुरको साहित्य रहेको पनि बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले यसरी हरेक पटक साहित्यको कार्यक्रम सहभागी हुन पाउँदा आफू र साहित्य नगरीको रूपमा कोहलपुर चिनिएको खुशी व्यक्त गरे । उनले यसपटकको बजेटमा साहित्यको विकासका लागि रकम विनियोजन गरेको बताउँदै वाङ्मय प्रतिष्ठान गठनका लागि आफुहरू छलफलमा रहेको समेत बताए ।
यसअघि क्रमश:वाङ्मय पुरस्कार कलाकार प्रेमदेव गिरी र युवा प्रतिभा पुरस्कार शेखर दहितलाई प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले भाषा, कला, साहित्यमा निरन्तर सक्रिय रूपमा लाग्दै आएका व्यक्तिहरुलाई सम्मान गरिँदै आएको बताए ।
कार्यक्रममा डा.देवेन्द्र आचार्यले गजल, शान्ति अधिकारीले मुक्तक, बद्री ढकाल हिरामणिले हाइकू, चन्द्रावती अधिकारीले छन्द कविता, लक्ष्मण मानवले गद्य कविता, निरन्जना चन्द निरूले साइनो, शान्ति सुनारले गीत र निकिता बोहराले बाल कविता वाचन गरेका थिए ।
कार्यक्रम नेपाल प्रज्ञा प्रिष्ठानका प्रज्ञासभा सदस्य महानन्द ढकाल, शशीराम कार्की, हरि तिमिल्सिना, साहित्यकारहरू सृजन लम्साल, डा.जनार्दन आचार्य, किरण आचार्य, तिलक न्यौपाने, सागर गैरे, सुमित्रा न्यौपाने, खोपीराम वली, पुष्कर रिजाल, प्रकाश मरासिनी, ईश्वरी प्रसाद रिजाल, कल्पना खरेल, सन्तोषी विष्ट लगायत २०० बढी साहित्यानुरागीको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *