प्रेमध्वज प्रधान फाउन्डेसनबाट विभिन्न सर्जकहरु सम्मानित

मुख्य समाचार

२० असोज २०८०, काठमाडौं

प्रेमध्वज प्रधान फाउन्डेसनले सांस्कृतिक संस्थान, जमल, काठमाडौंमा प्विविध सांस्कृतिक कार्यक्रम तथा स्रस्टा सम्मानको कार्यक्रमआयोजना गर्‍यो ।

प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले पानसमा बत्ती वालेर उद्घाटन गर्रिएको सो कार्यक्रम प्रेमध्वज प्रधान फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यकोअध्यक्षतामा सम्पन्न भएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष एवं कार्यक्रम संयोजक रहेका राधेश्याम लेकालीले स्वागत एवं कार्यक्रमको उदेश्य र महत्वमाथिप्रकाश पार्दै सम्मानितहरुको परिचय प्रस्तुत गरेका थिए ।

सम्मानित हुनेहरूमा गीतकार उन्नती बोहरा “शीला”, प्रदीप बमजन, गायक आनन्द कार्की,  कलाकार रमेशनाथ खनाल, नायकहरु कृष्णमल्ल र रविन्द्र खड्का, नायिका एवं आध्यात्मिक अभियन्ता शोभिता सिंखडा, सर्जक डा. डी. आर. उपाध्याय, कवि एवं  समाजसेवीविसन थापा, पत्रकार एवं सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, साहित्यकारहरु जलेश्वरी श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, देवीभक्त श्रेष्ठ, फूलमान बल, युवराज अधिकारी, लाक्पा फुटी शेर्पा थिए ।

राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ गायिका दिलमाया खातीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष शान्तबहादुर शाक्य सर्जकहरु प्राज्ञ उन्नती बोहरा “शीला”, प्राज्ञ प्रदीप बमजन, रमेशनाथ खनाल, कृष्ण मल्ल, शोभिता सिंखडा, अशोक प्यासी राई,र देवीभक्त श्रेष्ठले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन कवि मुरारि सिग्देलले गरेका थिए ।

दुईचरणमा आयोजित समारोहको  विविध सांस्कृतिक सत्रको संचालन  कुसुम बज्राचार्यले गरेकी थिइन्  ।

Leave a Reply