प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श

मुख्य समाचार

 १३ असोज २०८०,  काठमाडौँ ।

 

नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागको अगुवाईमा अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा ‘अनुवाद विमर्श’ कार्यक्रम  आयोजना भयो।

कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ‘अनुवाद कार्यलाई  प्रज्ञा-प्रतिष्ठानले उच्च प्राथमिकता दिने छ भन्ने कुरामा जोडदिए ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपाल बहुभाषिक देश भएकाले नेपालका मातृभाषाबिच आपसी अनुवाद जरुरीरहेको बताए ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य (अनुवाद )विभागका प्रमुख हंसावती कुर्मीले  सम्पूर्ण भाषाका अनुवादकलाई एकैठाउँमा सुव्यवस्थित गरेर अनुवाद कर्मलाई सुगम बनाउन लागिपर्ने कुरा अध्यक्षीय मन्तव्यमा  बताइन् ।

डा.शिव रिजालले ‘कार्यपत्त्र प्रस्तुत गरे भने भीमनारायण रेग्मी, अनुराधा  र दलबहादुर आङ्बुहाङले टिव्पणी गरे ।

कार्यक्रममा सहभागीका तर्फबाट विक्रम त्रिपाठी ,विष्णु सिञ्जाली मगर ,शशी थापा पण्डित र सञ्जोग लाफा मगरलगायतले जिज्ञासाराखेका थिए । सो कार्यक्रमको सहजीकरण सकुन जोशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *