तीन साहित्यकार नारी स्रष्टा समाजद्वारा सम्मानित हुने

मुख्य समाचार

२९ भदौ २०८०, काठमाडौं

नारी स्रष्टा समाजबाट हरेक वर्ष गरिने स्रष्टा सम्मानका लागि यस वर्षका सम्मानित हुने साहित्यकारहरुको नाम घोषणा गरिएको छ । समाजले जारी गरेको विज्ञप्ति अनुसार मोहनलता स्रष्टा सम्मान २०८०
विमल वैद्य (इलाम), कविराज स्रष्टा सम्मान २०८० श्रीबाबु कार्की (दोलखा) तथा हेमलता स्रष्टा सम्मान २०८० आरती पोखरेल अनु (झापा) सम्मानित हुने भएका छन् । यी सम्मानका साथ क्रमस १५ हजार र ११.११ हजार रहेको छ ।
विवश पोखरेल तुलसीहरि कोइराला तथा ममता मृदुल सम्मिलित निर्णयायक समितिका द्वारा यो निर्णय गरिएको हो ।
उक्त सम्मान २०८० साल मङ्सिर १ गते विराटनगरमा नारी स्रष्टा दिवसका दिन विशेष समारोहमा प्रदान गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply