२९ भदौ २०८०, काठमाडौं
साहित्यकार विजय चालिसेका यस अघि प्रकाशित ६ वटा कथा सङ्ग्रहबाट छानिएका तथा पुस्तकाकारमा नआएका फूटकर प्रकाशित तथा अप्रकासित कथाहरुको सङ्कलन “छानिएका कथाहरू” प्रकाशित भएको छ ।
यस पुस्तकलाई कवि तथा समालोचक पुरुषोत्तम सुवेदीले सङ्कलन तथा सम्पादन गरेका हुन् ।
यस सङ्कलनमा उनका ४३ कथा सङ्कलित छन् ।
पेशाले पत्रकार भए पनि, लेखनमा नियात्रा, वाल साहित्य तथा उपन्यासमा समेत कलम चलाए पनि उनी मूलत कथाकार हुन् ।
यो सङ्कलनले चालिसेको कथाकारिताको नमूना प्रस्तुत गर्दछ ।