१० सेप्टेम्वर २०२३, कोलकाता
युवक कवि मोतीराम भट।टको जन्म जयन्ती एक समारोहका वीच कलकत्तामा मनाइयो । कलकत्ताअवस्थित नेपाली महावाणिज्यदूत ईश्वर राज पौडेलको प्रमुख आतथ्य तथा भीमराज बरालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
सन्तोषी सिंद्वारा सरस्वती बन्दना तथा प्रमुख अतथिबाट मोतीरामको तस्वीरमा माल्यार्पणसहित शुरू भएको सो कार्यक्रममा अतिथिको रुपमा डा. देवेन्द्र कुमार देवेस, डा. सुदिप्त च्याटर्जी, बरीविक्रम थापा, केशव अधिकारी क्षेत्री, डा. सत्यप्रकास तिवारी, डा. कुँवर वीर सींह मार्तण्ड, जितेन्द्र जितांशु, शमशेर अली उपस्थित थिए ।
स्वागत भाषण डा. देवेन्द्र देवेसको थियो भने विकास कार्कीले मोतीराम भट्ट विषयक लिखित पत्र प्रस्तुत गरेका थिए । त्यस्तै नारायण प्रसाद होमागाईंले नेपाली साहित्य सम्बन्धमा पत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा वर्षा श्रेष्ठ, वेदान्त तामाङ, बिमर्ष गुरूङ, शम्शेर अलि, झरना श्रेष्ठ, ओम शर्मा खनाल, सुशिल दाहाल, सञ्जिव गुरुङ, निशा धमला, सोनु शर्मा ढकाल, रचना अधिकारी, सन्तोष सिंह, मुक्ति ढकाल, रमा शर्मा पौडेल, निमा निष्कर्ष, राजु पाठक, मोहन कार्की लगायतले कविता वाचन गरेका थिए ।