२५ भदौ २०८०, काठमाडौं
कलाकार खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो विशेष कार्यक्रम वीच लोकार्पण भएको छ ।
कलाकार नीर शाह, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, अभिनेत्री ऋचा शर्मा, निर्देशक मनोज पण्डित, निश्चल बस्नेत, निर्देशक दीपेन्द्र के खनाल, अशोक शर्मा, सौरभ राई, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, ‘पानीफोटो’का लेखक एवम् निर्देशक खगेन्द्र लामिछानेलगायतले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे ।
सो अवसरमा लेखक लामिछानेसँग लेखक एवम् सञ्चारकर्मी शिवानीसिंह थारुले पुस्तकका विषयमा संवाद गरेकी थिइन् ।
वरिष्ठ कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको चलचित्रप्रतिको प्रतिबद्धता सराहनीय रहेको बताए । नेपालमा पहिला भएका कृतिका आधारमा चलचित्र बन्ने गरेको सन्दर्भमा चलचित्र बनिसकेपछि पुस्तकको आवरणमा आएकामा खुसी लागेको उनले वताए । ‘पानीफोटो’ ले सम्पूर्ण योग्यता बोक्छ, यसले चलचित्र पढ्ने विद्यार्थीहरुलाई ग्य्राजुएसन गर्न चाहिने विषयवस्तु बोकेको छ,’ उनले भनाई थियो । उनले चलचित्र बनाउँछु भनेर हिँड्नेहरुले एक पटक पानीफोटो अवश्य पढ्नुपर्ने बताए ।