कविडाँडा आख्यान पुरस्कारको लागि पहिलो सूचि प्रकाशित

मुख्य समाचार

 

२४ भदौ २०८०, चितवन

कविडाँडा साहित्य समाज आख्यान पुरस्कार – २०७९ का लागि समाजले १० कृतिको छनौट गरेको जनाएको छ ।

समाजका अध्यक्ष एलबी क्षेत्री हस्ताक्षरित विज्ञप्ति अनुसार जानुका खतिवडाको आतोवोड़ा, विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवरा ,रामलाल जोशीको बाआमा,देवीप्रसाद सुवेदीको मनु, सञ्जय विष्टको माटाको घर,हरिबोल काफ्लेको यशोधरा,रेनुका जीसीको सनेस तथा अशोक थापाको सन्तापको धुन   पहिलो सूचिमा परेका छन् ।

समाजले जनाए अनुसार दोश्रो सूचिमा ५ कृति छनौट गरिनेछ र अन्तमा विजेता कृति घोषणा गरिनेछ ।

विस. २०६० सालमा स्थापित कवि डाँडा साहित्य समाजले विसं २०७५ देखि “कविडाँडा साहित्य समाज आख्यान पुरस्कार” को थालनी गरेको हो । पहिलो बर्ष बिसं २०७५मा मरिचिका का कागि महेश  थापाले यो पुरस्कार प्राप्त गरेका थिए । त्यसपछि “पथेर”का लागि श्याम शाह(२०७६), “परित्यक्ता”का लागि भुवन ढुङ्गाना(२०७७), “छाइल” का लागि लोकराज भट्ट (२०७८) ले यो पुरस्कार प्राप्त गरिसेका छन्  ।

पुरस्कारको राशी १ लाख २५ हजार रहेको छ ।

स्मरणीय छ यो सूचिमा मदन पुरस्कार विजेता रामलाल जोशीको “बा आमा” समेत परेको छ । यो पुस्तकले लालबन्दी नगर वाङ्गमय परिषदले प्रदान गर्ने ५० हजार राशीको  “लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार” पाउने निर्णय भैसकेको छ ।

 

 

 

Leave a Reply