२३ भदौ २०८०, काठमाडौं
विसं २०७९ सालको वासुदेव लुईंटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई ललितपुरको जावलाखेलमा आयोजित एक समारोहकावीच समर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि भैरवबहादुर थापा तथा विशिष्ट अतिथि शान्तदास मानन्धरले उनलाई प्रदान गरे । उनलाई पुरस्कारको राशी एक लाख एघार हजार एकसय एघार नगद, सम्मानपत्र र प्रतीक चिन्ह समेत प्रदान गरियो ।
सोही समारोहमा रमेश खकुरेललाई वासुदेव लुईंटेल सम्मान प्रदान गरियो । झापाका चुडामणि रेग्मी उपस्थित हुन नसक्नु भएकोले उहाँको प्रतिनिधिलाई हस्तान्तरण गरियो । यस सम्मानको साथमा जनही नगद दस हजार, दोसल्ला र सम्मानपत्र रहको थियो ।