विसं २०८० को वासुदेव लुईंटेल पुरस्कार तथा सम्मान समर्पण सम्पन्न

मुख्य समाचार

२३ भदौ २०८०, काठमाडौं

विसं २०७९ सालको वासुदेव लुईंटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई ललितपुरको जावलाखेलमा आयोजित एक समारोहकावीच समर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि भैरवबहादुर थापा तथा विशिष्ट अतिथि शान्तदास मानन्धरले उनलाई प्रदान गरे । उनलाई पुरस्कारको राशी एक लाख एघार हजार एकसय एघार नगद, सम्मानपत्र र प्रतीक चिन्ह समेत प्रदान गरियो ।

सोही समारोहमा  रमेश खकुरेललाई वासुदेव लुईंटेल सम्मान प्रदान गरियो ।  झापाका चुडामणि रेग्मी उपस्थित हुन नसक्नु भएकोले उहाँको प्रतिनिधिलाई हस्तान्तरण गरियो ।  यस सम्मानको साथमा जनही नगद दस हजार, दोसल्ला र सम्मानपत्र रहको थियो ।

Leave a Reply