अनेसास कविता महोत्सवका लागि कविता आव्हान

साहित्यिक सूचना

७ सेप्टेम्बर २०२३, वाशिंटन डिसी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले कवि माधव घिमिरेको जन्म जयन्तीको अवसरमा वर्षेनी गर्न प्रारम्भ गरेको “अनेसास कविता महोत्सवका लागि १५ सेप्टेम्वर २०२३ सम्म कविता पठाउन आव्हान गरेको छ ।
महोत्सवमा प्राप्त कवितामध्यबाट प्रथम हुनेलाई ५०० डलर, दोश्रो हुनेलाई ३०० डलर तथा तेश्रो हुनेलाई २०० डलर पुरस्कार रकम रहेको छ ।
यो कविता महोत्सव जूमको माध्यमबाट हुनेछ ।

प्रतियोगिताको नियमःः
१, मौलिक कविता २०० शब्द सम्मको ।
२, एक कविको १ कविता ।
३, कविताको साथमा संक्षिप्त परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क नं ।
४, कविता पठाउने ईमेल ठेगानाः
inlspoemcontest2023@gmail.com
5,कविता पठाउने अन्तिम मिति १५ सेप्टेम्वर २०२३ ।

Leave a Reply