९ भदौ २०८०, काठमाडौँ ।
सिसार साहित्य परिवारको आयोजनामा कवि रामचन्द्र न्यौपाने ‘वनवासी’को महाकाव्य ज्ञानक्रान्ति र खण्डकाव्य भक्तिसागरको लोकार्पण सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि महात्मा दीपकजी, कार्यक्रमका सभापति ज्ञाननिष्ठ ज्ञवाली, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायत मञ्चासिन व्यक्तिहरूले संयुक्त रूपमा कृतिहरुको लोकार्पण गरे ।
लोकार्पित कृतिहरुको समीक्षा प्रा.डा. भागवत ढकाल, कवि सीता भट्टराई र कृष्णचन्द्र घिमिरेले गरेका थिए ।
समारोहमा कवि रामचन्द्रका दुई कृतिबाट कवि प्रभा भट्टराई, लक्ष्मी घिमिरे र स्वस्तिक ढकालले रचना वाचन गरेका थिए ।
समारोहलाई राधेश्याम लेकाली, विजयराज न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, विजयध्वज थापा, राजनप्रसाद न्यौपाने, मीनप्रसाद ज्ञवालीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कवि वनवासीले धन्यवाद ज्ञापन गरेका थिए । लोकार्पण कार्यक्रमको संचालन कवि राधिका पन्तले गरेकी थिइन् ।