राधेश्याम लेकाली सम्मानित

समाचार

१ भदौ २०८०, काठमाडौं ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली साहित्यिक पत्रकारको रुपमा सम्मानित भएका छन् । नेपाल-बाङ्लादेश मैत्री संघको आयोजना र दिपायल/सिलगढी नगरपालिकाको प्रवर्द्धनमा काठमाडौंमा आयोजित “नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड (Nepal International Excellence Award 2023)” कार्यक्रममा उनको सम्मान भएको हो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरदसिंह भण्डारीले प्रदान गरेका थिए । दिपायल/सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खड्काले मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल-बाङ्लादेश मैत्री संघका अध्यक्ष दिनदयाल रिजालले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए ।

दिपायल/सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खड्काको सभापतित्वमा आयोजित सो कार्यक्रममा कविहरु शिव अधिकारी, सरु गौतमले आआफ्नो कविता वाचन गरेका थिए ।

सो कार्यक्रमको संचालन सखी प्रतिष्ठानकी अध्यक्ष कवि मन्जिला अनिलले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *