२३ साउन २०८०, काठमाडौं
रेडियो नेपालमा साहित्यिक कार्यक्रम सञ्चालन गरेर नाम कमाएका साहित्यकार यज्ञनिधि दाहालको नाममा स्थापित “दाहाल यज्ञनिधि पुरस्कार” निनु चापागाईंलाई प्रदान गरिने भएको छ ।
आगामि साउन २५ गते एक कार्यक्रमको आयोजना गरी सो पुरस्कार समर्पण गरिने भएको छ । साथै “दाहाल यज्ञनिधि कृतित्व” केन्द्रित अन्तर्कृया समेत गरिने भएको छ ।
स्मरणीय छ यज्ञनिधि दाहालले आफूलाई दाहाल यज्ञनिधिका रुपमा चिनाएका थिए र उनले “जदौ” भनेर गर्ने अभिवादनले जनजनको मन जितेका थिए । ५० हजार राशीको “दाहाल यज्ञनिधि पुरस्कार” गतवर्ष महावीर पुनलाई प्रदान गरिएको थियो ।