-विश्वदृष्टिको कलमबाट
नेपाली भाषामा सर्वाधिक कथा लेख्ने कथाकार को होलान् ? अध्ययन अनुसन्धानको विषय हो । साहित्यकार भीमनिधि तिवारीले सर्वाधिक कथा लेखेको चर्चा गर्ने गरिन्छ । हरेक भागमा १६ कथा रहेको १०भागका उनका कथा सङ्ग्रहहरुमा कूल १६० कथा रहेको देखिन्छ । यस हिसावले १६० भन्दा बढी कथा लेख्ने कथाकार को होलान्, कथा समालोचक, अनुसन्धानकर्ता विद्वानहरुले खुट्याउने कुरा हो । तर धेरै कथा लेख्नेहरुमा परशु प्रधान, ध्रुवचन्द्र गौतम, शङ्कर कोइराला, रोशन थापा नीरव, ध्रुव सापकोटा,गोविन्द गिरी प्रेरणा आदि रहेको चर्चा गर्ने गरिन्छ ।
तर एउटै पुस्तकमा सर्वाधिक कथा प्रकाशन गर्ने श्रेय भने डा. ध्रुवचन्द्र गौतमलाई जान्छ । उनको “समग्र कथा” मा १४४ कथा सङ्ग्रहित छन् । यो नै अहिलेसम्म नेपाली भाषामा सर्वाधिक कथा सङ्ग्रहित कथा सङ्ग्रह हो । विसं २०७२ सालमा प्रकाशित यो पुस्तकको सम्पादन रोशन थापा नीरवले गरेका हुन् ।
स्मरणीय छ, यो कथा सं्ग्रहको प्रकाशनपछि पनि डा. गौतमका फूटकर कथाहरु प्रकाशित भएका छन् ।
(विश्वदृष्टि विश्वपरिक्रमा पत्रिकाको स्टाफ लेखकको उपनाम हो )
