२० साउन २०८०, काठमाडौं
उपन्यासकार जया ओझाको तेस्रो उपन्यास “रुमानी” को विमोचन सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा कार्यक्रमका अध्यक्ष भुवनहरि सिग्देल, डा. अशोक थापा, माल्विका सुब्बा तथा लेखिका स्वयम्ले संयुक्त रुपमा बिमोचन गरेका थिए ।
कार्यक्रममा सो उपन्यासमाथि डा. अशोक थापा तथा माल्विका सुब्बाले आआफ्नो धारणा राखेका थिए भने लेखिका स्वयमले पनि आफ्ना धारणा प्रस्तुत गरेकी थिईन् ।
जयाका यस अघि “आवरण” र “अनुराग” २ उपन्यास प्रकाशित भैसकेका छन् ।