१९ साउन २०८०, काठमाडौं
स्रष्टा कमल ज्ञवालीद्वारा लिखित संस्मरण सङ्ग्रह “सत्प्रयास” एक समारोहवीच दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा आज टेक्सास इन्टनेशनल कलेज मित्रपार्कमा लोकार्पण भयो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे तथा मञ्चासिन अतिथिहरु र लेखकले सामुहिक रुपमा कृतिको बिमोचन गरे ।
समारोहमा समीक्षक कृष्ण प्रधानले पुस्तकबारे संक्षिप्त समीक्षा गरेका थिए । ठाकुर शर्मा भण्डारीले कवितात्मक संक्षिप्त समीक्षा गरेका थिए। इतिहासविद् दिनेशराज पन्त,सूर्यबहादुरसेन,भागवत ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रम यादव भट्टराईले सञ्चालन गरेका थिए।
सो कृति दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो।
(सुभाषचन्द्र पौडेल, काठमाडौंको सहयोमा)