वनिता पत्रिकाको रजत जयन्तीमा अभिनन्दन तथा सम्मान

मुख्य समाचार

१५ साउन २०८०, काठमाडौं

वनिता साहित्यिक त्रैमासिक पत्रिकाको रजत महोत्सवका अवसरमा वनिता त्रैमासिक परिवारद्वारा आयोजित एक कार्यक्रममा विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मान पुरस्कार समर्पण गरियो ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ को कार्यालयमा वनिता पत्रिकाका सम्पादक:प्रकाशक लक्ष्मी उप्रेतीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि विद्वान साहित्यकार प्रा.डा.अभिसुवेदीले पुरस्कार समर्पण गरेका थिए ।

विसं २०७९ तथा २०८० तथा २०८१ सालका पुरस्कारहरु सो अवसरमा समर्पण गरिएका थिए ।

रु १० हजार राशीको देवकुमारी थापा बालसाहित्य वनिता सम्मान/पुरस्कार शाश्वत पराजुली (२०८०) तथा  छायादत्त न्यौपाने ‘बगर’ (२०८१)लाई, रु ५ हजार राशीको  बनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान/पुरस्कार प्रा. डा. सावित्री कक्षपती (२०८०) तथा फणेन्द्र निरौला (२०८१) लाई, रु ५ हजार राशीको व्यथित काव्य वनिताश्री सम्मान/पुरस्कार नरेंद्र बहादुर श्रेष्ठ (२०८०) तथा ठाकुर वेल्वासे ( २०८१), ) रु ५ हजार राशीको वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान /पुरस्कार  किशोर पहाडी (२०८० ) तथा  सुष्मिता नेपाल (२०८१)लाई , रु ५ हजार राशीको रन्जुश्री – दामोदर यात्रा वनिता सम्मान / पुरस्कार  युवराज नयाँघरे (२०७९) तथा प्रतिक ढकाल (२०८०)लाई, रु १० हजार राशीको वनिताश्री उन्नती बोहरा शीला गीतसंगीत सम्मान /पुरस्कार  राज सिग्देल (२०८०), राधिका भण्डारी (२०८१), रु ५ हजार राशीको वनिता विशेष वसुश्री मधु सम्मान / पुरस्कार राजेन्द्र गुरागाई (२०८०) तथा रश्मी रिमाल (२०८१) , रु ५ हजार राशीको पुरोत्तमराज पाण्डेय वनिता पुरस्कार  हरि बराल ( २०८० ),  मन्जु नकर्मी (२०८१) लाई समर्पण गरिएको थियो ।

सो अवसरमा वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार (२०८०) ह्याप्पि किड्स मन्टेश्वरी स्कुलका नानीहरूलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

सो अवसरमा वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल अभिनन्दन २०८० – प्रा. डा. अभि सुवेदीलाई समर्पण गरिएको थियो । साथै  सजना विष्टलाई वनिता कला सम्मान (२०८०) पनि प्रदान गरिएको थिय

सो अवसरमा क्रान्तिकारी कवि गोपालप्रसाद रिमालका सुपुत्र मदन रिमालले वनिता पत्रिकामार्फत् पिताको नाममा अक्षयकोष स्थापना गरी पुरस्कार स्थापना गर्ने घोषणा गरेका थियो ।

सामूहिक नृत्यबाट भएको थियो सो समारोहको शुरुमा महेन्द्र गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

(सुभाषचन्द्र पौडेल, काठमाडौंको सहयोगमा)

Leave a Reply