डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठ अभिनन्दन्दित

मुख्य समाचार

१३ साउन २०८०, काठमाडौं ।

साहित्यिक पत्रकार सङ्घले स्वर्ण जयन्ती मनाउने सिलसिलामा एक विशेष समारोहका बीच नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीताकेशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गर्यो ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता शंकर भण्डारी, सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतद्वारा अभिनन्दन गरिएको थियो ।

सम्मानित व्यक्तित्वद्वय डा. जगमान गुरुङ र मदनदास श्रेष्ठले समेत बोलेका थिए । उक्त कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूको योगदानमाथि प्रकाश पारेका थिए ।

समारोहलाई प्रमुख अतिथि तथा अतिथिहरुले समेत सम्बोधन गरेका थिए ।

अध्यक्षको आसनबाट सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घले ५० वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा गर्दैआएको योगदानको स्मरण गरे ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, समालोचक प्रमोद प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गरेका थिए ।

Leave a Reply