जगदम्बा नेपाली साहित्यको बृहत् ईतिहासको चौथो ठेली प्रकाशित

मुख्य समाचार

११ साउन २०८०, काठमाडौं

जगदम्बा नेपाली साहित्यको बृहत् ईतिहासको चौथो ठेलीको प्रकाशन भएको छ । यस चौथो ठेलीमा नेपाली पद्य र बाल साहित्य समेटिएका छन् ।
डा. माधव प्रसाद पोखरेल प्रधान सम्पादक रहेका यस ठेली ५ लेखकले तयार गरेका हुन् ।
यस ठेलीमा नेपाली आधुनिक गीतको ईतिहास डा. वेनी जङ्गम रावल, नेपाली खण्डकाव्यको ईतिहास डा. देवी नेपाल, आधुनिक नेपाली कविताको ईतिहास डा. लक्ष्मण प्रसाद गौतम, नेपाली महाकाव्यको ईतिहास डा. डा. कृष्णराज अधिकारी तथा नेपाली बाल साहित्य प्रमोद प्रधानले लेखेका छन् ।
यो ग्रन्थ करिव १२०० पृष्ठको रहेको छ ।
५ ठेलीमा प्रकाशित हुने यो बृहत् ईतिहासको पाँचौं ठेलीको पनि काम भइरहेको छ । पाँचौं ठेली प्रकाशन भएपछि यो योजना पूर्ण हुनेछ ।
स्मरणीय छ, नेपाली वाङ्मयकै ईतिहासमा यति बृहत् नेपाली साहित्यको ईतिहास यसअघि लेखिएको थिएन ।
यसको परिकल्पना दिवङ्गत कमलमणि दीक्षितको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *