६ साउन २०८०, काठमाडौं
अमेरिकालाई कर्मबूमि बनाएका विश्वराज अधिकारी र अवकासप्राप्त जीवनमा अमेरिका पुगेका खेमराज पोखरेलको संयुक्त कथा सङ्ग्रह काठमाडौंमा एक समारोहका विच बिमोचन सम्पन्न भएको छ ।
स्रष्टाद्वय लगायत मञ्चासिन र अन्य दर्जन बढी स्रष्टाले संयुक्त रुपमा सो कृतिको विमोचन गरे ।
विमोचन कार्यक्रमलाई प्रमुख अतिथि नेपाल प्राज्ञ प्रिष्ठान प्राज्ञ परिषदका पूर्व सदस्य मायाठकुरी तथा मन्दिरा कोइराला, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदनले सम्बोधन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता मोलुङ फाउण्डेसनका अध्यक्ष प्राडा भूपप्रसाद धमलाले गरेका थिए र विमोचन समारोहको आयोजक पनि उनै थिए ।
कार्यक्रममा स्रष्टाद्वयले पनि आफ्ना धारणा राखेका थिए ।
रनाहा १६ यौन कथाको सङ्ग्रह हो र दुवै स्रष्टाका ८।८ कथा रहेका छन् ।