१६ जुलाई २०२३, वाशिंटन डिसी
अनेसास मेरिल्याण्ड च्याप्टरको आयोजनामा वाल्टिमोर शहरमा ११० औं भानु जयन्ती मनाईयो ।
कार्यक्रमको शुरूमा प्रमुख अतिथि, कार्यक्रमका अध्यक्ष एवम् अतिथिहरूले आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्पार्पण गरेकाथिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार गोविन्द गिरी प्रेरणाले आदिकवि भानुभक्तले नेपाली जगतलाई नेपाली भाषाको माध्यमलेएकताको सूत्रमा बांधेको वताए ।
कार्यक्रमका प्रमुख अतिथि मेरिल्याण्ड राज्यका संसद सदस्य एबम् मेरिल्याण्ड च्याप्टरका प्रथम अध्यक्ष ह्यारी भण्डारीले आदिकविलेआफ्नो समयमा नेपाली भाषाको माध्यमले विद्रोह गरेको बताए ।
कार्यक्रमलाई डा. उत्तम गौली, गौतम दाहाल, भरत बराईलीले समेत सम्बाधन गरेका थिए ।
सो अवसरमा लीलु गुरूंग, भावना विष्ट, भीम शाही, तीर्थ पाण्डे, ह्यारी भण्डारीले कविता वाचन समेत गरेका थिए ।
कार्यक्रम अन्तरराष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो भनेकार्यक्रम संचालन मधुकर अधिकारीले गरेका थिए ।