शैलेन्द्र साकारका कविताहरुको अङ्ग्रेजी अनुवाद

मुख्य समाचार

२७ असार २०८०, काठमाडौं

साहित्यकार शैलेन्द्र साकारका कविताहरुको अङ्ग्रेजीमा अनुदित पुस्तक “सर्पेण्टस् वुण्ट लिसन टू योर पोयम्स” पुस्तक प्रकाशित भएको छ ।
सङ्ग्रहका कविताहरुको अनुवाद मञ्जुश्री थापा, पद्मप्रसाद देवकोटा, फिलिप पियर्स, शैलेन्द्र सिंह, हरिश अधिकारी, अनुरक्त प्रधान, युयुत्सु शर्मा र प्रमेश केसीले गरेका छन् ।
पुस्तकमा २० कविताहरु समेटिएका छन् ।
पुस्तकको शिर्षक कविता “सर्पहरु गीत सुन्दैनन्” यही शिर्षकको कविता सङ्ग्रहको कविता हो । तर सबै कविता त्यसै सङ्ग्रहको भने होइनन् । विभिन्न अनुवादकहरुले विभिन्न समयमा विभिन्न पुस्तक र फूटकर प्रकाशित कविताबाट अनुवाद गरेका हुन् ।
पुस्तकको आबरण स्ट्रिट पेण्टिङको फोटो हो । नेपालमा स्ट्रिट पेण्टिङको प्रचलन नयाँ हो र सम्भवत कुनै पुस्तकको कभरको रुपमा प्रयोग गरिएको पहिलो प्रयोग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *