योगमाया राष्ट्रिय स्रष्टा सम्मान डा. अरुणा उप्रेतीलाई समर्पण

मुख्य समाचार

२२ असार, २०८०, काठमाडौं

नेपाल स्रष्टा समाजले असार २२ गते योगमाया दिवसका दिन योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान वितरण कार्यक्रमको आयोजना काठमाडौंमा आयोजना गर्यो ।

विसं २०८० को योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान डा अरुणा उप्रेतीलाई प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले समर्पण गरे । त्यस्तै योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान चन्द्रबहादुर वस्नेतलाई पनि समर्पण गरियो । योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानमा नगद रु ३५ हजार रहेको छ र यो सम्मानको स्थापना साहित्यकार पवन आलोकले गरेका हुन् । त्यस्तै योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानमा नगद रु २५ हजार १११ रहेको छ र यसको स्थापना राजेश न्यौपानेले गरेका हुन् ।

कार्यक्रममा स्रष्टा समाजको मुखपत्र “स्रष्टा दर्पण” को योगमाया विशेषाङ्क पनि विमोचन गरिएको थियो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवस, प्रा.डा. गोविन्दमान सिं कार्की, पवन आलोक, राजेश न्यौपाने, मधु पाठक तथा श्रीओम श्रेष्ठ रोदनले आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *