२१ असार काठमाडौं
नेपाली साहित्यका वरिष्ठ गीतकार, कवि तथा नियात्राकार यादव खरेललाई रेडियो कान्तिपुरले रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्डका अवसरमा ६ दशकदेखि गीत साधनामा योगदान दिएको भन्दै “दीर्घ साधना” अवार्ड समर्पण गरेको छ ।
कान्तिपुर पब्लिकेसन्सका कैलाश सिरोहियाले उनलाई नगद एक लाख, ट्रफी समर्पण गरेका थिए ।
गीतकार यादव खरेलका गीतहरु सदावहार छन् । उनले चालिसभन्दा बढी सिनेमाहरुका लागि गीत लेखन गरेका छन् ।
विसं १९९९ साल फगुनमा खरेलथोक काभ्रेमा जन्मेका खरेलका यस्तो पनि हुँदोरहेछ(विसं २०४८), यस्तै रहेछ यहाँको चलन(विसं २०५९) गीत सङ्ग्रहहरु प्रकाशित छन् ।
(फोटो साभार कान्तिपुर )