कति सहनु कुचेष्टा

कविता

कणाद महर्षि

 

सदाचार

इमानदारी

नैतिकता आदि

असल र आवश्यक

सत्य कुराहरू त्यागेर

 

ती सबैका ठिक उल्टा, अयथार्थहरू

सल्बलाउँदै,चल्मलाउँदै नाचिरहेका छन्

घमण्डले मात्तिएर हाँसीहाँसी बाँचिरहेका छन्

 

यी दूषित कुचेष्टा !

सहनशील भएर सधैं

कसरी व्यहोर्नु यथावत्

निर्घिनी,कलुषित परिवेशमा

—छि: छि: वाहियात !!

 

अब ज्वालामुखी फुटेर

ताता लाभाहरू हुँदै पग्लेर

दिनुपर्‍यो भयङ्कर आघात ।

* * *

कवि परिचयः कणाद महर्षि काठमाडौंका रैथाने कवि हुन् । उनको खास औपचारिक नाम कणाद मिश्र हो । विसं २०२२।२३ सालतिरबाट लेख्न शुरु गरेका उनको पहिलो कविता सङ्ग्रह “गुफा”(२०३१) हो । उनका अन्य कविता कृतिमा पग्लेका लाभाहरु(२०३४), भतेर र आँखाहरु(२०५०), घाउमा हरिभक्त कटुवाल(२०५८), दृष्टिको यात्रा (२०७२) रहेका छन् । उनको एक कथा सङ्ग्रह “कणादका कथाहरु (२०७१) समेत प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *