( विसं २०४५ मा साझा प्रकाशनबाट प्रकाशित कृतिमध्ये सर्वोत्तम कृतिका रुपमा पुरस्कृत “विशु दाई” कथा सङ्ग्रहका श्रष्टा काठमाडौंको साहित्यिक गतिविधिमा सकृय छन् । उनी “शब्दपथ” मार्फत नेपाली साहित्यिक गतिबिधिलाई अद्यावधिक गरिरहेका हुन्छन् । विसं २०८० को जेठ महिनामा उनको साहित्यिक गतिविधिका विषयमा ५ प्रश्न र तिनका उत्तर प्रस्तुत छ ।)
१, गत महिना अर्थात् २०८० जेठ महिनामा कतिवटा कुनकुन साहित्यिक कार्यक्रममा भाग लिनु भयो र कति उपलब्धिपूर्ण लागे ?
४/५ वटामा भाग लिइयो। अलिकति उपलब्धिपूर्ण लागे।
२, गत महिना कुनकुन किताब पत्रिका पढ्नु भयो र कस्तो लाग्यो ?
गोपी सापकोटाको चिसो बाफ, शारदा पत्रिका, मधुपर्क पत्रिकाहरू पढियो।
३, गत महिना कुनै साहित्यिक विवाद थाहा पाउनु भयो ? थाहा पाउनु भएको भए तपाईंको प्रतिकृया कस्तो रह्यो ?
नेपाल प्रज्ञा प्रतिष्ठानले कविता महोत्सवमा १० जना पुरस्कृत गर्न शुरु गरेकोमा विवाद देखियो। प्रतिक्रिया : त्यस्तो नगरी पहिलो दोश्रो तेश्रो नै गर्दा उत्तम ।
४, गत महिना तपाईंले के के लेख्नु भयो र के के लेख्ने योजना बनाउनु भयो ?
गत महिना यात्रा संस्मरण लेखेँ। योजना त भव्य बनिरहेछ। सेक्रेट ।
५, गत महिना तपाईंको पुस्तक वा कुनकुन पत्रिकामा के के रचना प्रकाशित भए ?
मधुपर्कमा भुक्तानी भन्ने लघुकथा प्रकाशित भए। बाह्रखरीमा यात्रा संस्मरण प्रकाशित भए ।