२५ जून, २०२३
राम खत्री लिखित “जस्टिसः अ टेल अफ नेपाली सिभिल वार” ग्राफिक उपन्यास टे्सासको डालासमा अनेसास टेक्सास च्याप्टरको आयोजनामा विमोचन सम्पन्न भयो ।
विमोचनपछि सो कृतिमाथि भीम कार्की, विनोद रिजाल तथा अँग्रेजीका प्रोफेसर ब्रेट वरवनले आआफ्नो धारणा राखे । लेखक राम खत्रीले पनि आफ्ना कुरा राखे ।
क्राउड फण्डिङको माध्यमबाट प्रकाशित सो पुस्तकको चित्राङ्कन सन्दिपन शान्ता र लिलामणीले गरेका छन् भने ब्लेक होयनाको सम्पादन रहेको छ ।