राजेन्द्र के.सी.को “मौन आकाश” लोकार्पित

मुख्य समाचार

२०८० असार ८, काठमाडौं।

कवि राजेन्द्र के.सी.को नवप्रकाशित कविता सङ्ग्रह “मौन आकाश”को लोकार्पण काठमाडौंमा सम्पन्न भयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको सो कार्यक्रममा समालोचकद्वय प्रा. डा. गोविन्दमान सिहं कार्की र डा. शान्तिमाया गिरीले लोकार्पित कृतिमाथि आआफ्नो समीक्षात्मक मन्तव्य राखका थिए ।
कार्यक्रममा कविहरु मणि लोहनी, मधु पाठक, सुष्मा अंशु, राधिका गुरागाईंले लोकार्पित कृतिबाट एकएक कविता वाचन गरेका थिए ।

कार्यक्रममा कृतिकार राजेन्द्र के. सी., कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. खगेन्द्र लुईंटेल, राधेश्याम लेकाली, रेणु थापा लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गीता कार्कीले स्वागत मन्तब्य राखेकी थिइन् ।

सो कार्यक्रम ऋषभदेव घिमिरेले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *