८ असार २०८०, काठमाडौं
अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठानले सन् २०२२ को अनेवा पुरस्कार कथाकार तथा नियात्राकार गीता रेग्मीलाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले छनौट समितिको सिफारिस अनुसार ‘प्रशान्तको तीरैतीर’ पुस्तकका लागि रेग्मीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, गोपी सापकोटा र जया राई रहेका थिए ।
पुरस्कारको राशी नेरु ७५ हजार रुपैयाँ छ ।
प्रतिष्ठानका अध्यक्ष आचार्यका अनुसार सेप्टेम्बरमा लण्डनमा एक बिशेष समारोहबीच पुरस्कार प्रदान गरिने जनाए ।
कथा र नियात्रा बिधामा कलम चलाउने गीता रेग्मीका ‘परिचय’, ‘पुस्तान्तर’, ‘ज्योतिका युगीन स्वरहरु’, ‘पश्चिमाहरुको देशमा’, ‘पत्थरैपत्थर’ कृतिहरु प्रकाशित छन् ।
अनेवा पुरस्कारबाट यसअघि अमर न्यौपाने, शान्ता चौधरी, कैलाश लिम्बु, लेनिन बन्जाडे तथा नारायण अमृत पुरस्कृत भैसकेका छन् ।
सन २०१२ मा बेलायतको लण्डनमा सन् २०१२ मा स्थापित स्थापित प्रतिष्ठानले नेपाली साहित्यकारलाई प्रोत्साहन र साहित्यको जगेर्नाका लागि विविध साहित्यिक गतिविधि गर्दै आएको छ ।