आर. आर. चौलागाईं
अहिलेको कविता
मैले लेख्दै आएको
पहिलाको जस्तो छैन ।
अहिलेको कवितामा
देश लेख्नु हुँदैन
अहिलेको कवितामा
जनता लेख्नु हुँदैन
अहिलेको कवितामा
क्रान्ति लेख्नु हुँदैन
अहिलेको कवितामा
परिवर्तन लेख्नु हुँदैन
अहिलेको कवितामा
समृद्घि लेख्नु हुँदैन
नारा हुन्छ ।
अहिलेको कवितामा
ककाकिकीकुकू लेख्नुपर्छ
अहिलेको कवितामा
खखाखिखीखुखू लेख्नुपर्छ
अहिलेको कवितामा
गगागिगीगुगू लेख्नुपर्छ
अहिलेको कवितामा
घघाघिघीघुघू लेख्नुपर्छ
अहिलेको कवितामा
ङङाङिङीङुङू लेख्नुपर्छ
बलशाली हुन्छ ।
—+—
कवि परिचयः रेवतीरमण चौलागाईंको साहित्यिक नाम हो आरआर चौलागाईं । विसं २०३४ ताक कविताबाट लेखन यात्रा आरम्भ गरेका उनको पहिलो कृति “सामन्तीलाई चिट्ठी” २०३७ सालमा प्रकाशित भएकोथियो । २०७३ सालमा पछिल्लो कृति प्रतिनिधि कविता सङ्ग्रह ” असीम पर्खाइहरु” सम्म आइपुग्दा प्रकाशित कृतिहरु ११ पुगेका छन् जसमध्ये ८ कविता सङ्ग्रह, एक हाइकु, छोक र मुक्तक सङ्ग्रह तथा एक लघुकथा सङ्ग्रह रहेका छन् । उनी विविध प्रतियोगिताहरुमा पुरस्कृत तथा सम्मानित भएका छन् । उनको सिर्जन कर्मथलो हेटौंडा हो ।