३९ नेपाली कविले सम्झिए अमेरिकी कवि वाल्ट ह्विटम्यान

समाचार

३० जेठ, काठमाडौं

प्रख्यात अमेरिकी कवि वाल्ट ह्यिटम्यानमा समर्पित एक कवि गोष्ठि अमेरिकी दूतावास अन्तरगतको अमेरिकन स्पेसेस इन नेपालको सहकार्यमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न भयो ।

कार्यक्रममा कवि विश्व विमोहन श्रेष्ठ, रञ्जना निरौला, अशेष मल्ल, मीना श्रेष्ठ, राधेश्याम लेकाली, विप्लव ढकाल, ऋषभदेव घिमिरे, महेश प्रसाई, महेश पौड्याल, विदुरचन्द्र लामिछाने, सूर्य लामोजू, विमल भौकाजी, मन्जिला अनिल, भगवती बस्नेत, वसन्त श्रेष्ठ, बिधान आचार्य, ममता मृदुल, दिब्य गिरी, रमेश शुभेच्छुक, पवन आलोक, ध्रुवकृष्ण ताम्राकार, कमला रिसाल, पारु तिमिल्सिना, गोविन्द गिरी प्रेरणा, प्राज्ञ हेमनाथ पौडेल लगायतले प्रत्यक्ष कार्यक्रममा कविता प्रस्तुत गरेका थिए।

कार्यक्रममा अमेरिकन स्पेसेस इन नेपालका ईलाम, बिराटनगर, भैरहवा र पोखरा सेण्टरबाट भर्चुअल माध्यमबाट आरती आचार्य, सजिना भट्ट, डा. सन्दर्भ गिरी, प्रतिभा पौडेल लगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रमको शुरुमा अमेरिकन स्पेसेस इन नेपालका प्रमुख सुलभ भट्ट तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले आआफ्ना संस्थाको चिनारी गराउँदै अतिथिहरुको स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कविता विभागका प्राज्ञ हेमनाथ पौडेलले यस प्रकार अमेरिकी कविको सम्झनामा नेपाली कविहरुले सुन्दर र उत्कृष्ट कविता वाचन गर्नु उपलब्धिमूलक साहित्यिक कार्य भएको वताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *