विश्वपरिक्रमा डेस्क
३० सेप्टेम्वर, वाशिंटन डिसी
साहित्यकार दम्पत्ती कृष्ण धरावासी र मञ्जु विमली कोरोना सङ्क्रमित भएर घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । ५।६ दिनदेखि जीउ दुख्ने लगायतका लक्षणहरु देखा परेपछि पिसिआर गर्दा हिजो कोरोना सङ्क्रमित भएको रिपोर्ट आएको थियो ।
दुवैले कोरोना विरुध्दको खोप २ महिना अघि लगाएका थिए । कृष्ण धरावासीले भेरोसिल तथा मञ्जु विमलीले जोन्सनको खोप लगाएका थिए ।
कोरोना सङ्क्र,णको पुष्टि भएपछि सामाजिक सञ्जालमा त्यसको जानकारी गराउँदै आफ्ना सम्पर्कमा रहेका सवैलाई सचेत हुन अनुरोध समेत गरेका छन् । दुवैको स्वास्थ्य अवस्था गम्भिर नरहेको र घरमै आराम गरिरहेको साहित्यकार धरावासीले विश्वपरिक्रमासँगको टेलिफोन वार्तामा वताए । उनका अनुसार अवस्था सामान्य छ र सुधारात्मक रहेको छ ।
स्मरणीय छ, खोप लगाए पनि कोरोना सङ्क्रमण हुनसक्ने तर गम्भिर नहुने खोप निर्माता तथा खोप स्वीकृत गर्ने नियामक निकायहरुले वताउँदै आएका छन् ।
स्वास्थ्यलाभको कामना ।