विश्वपरिक्रमा डेस्क
२९ सेप्टेम्बर, वाशिंटन डिसी
नेपाल शिक्षा तथा संस्कृति केन्द्र एनइसिसी पशुपति बुध्द मन्दिरको २१औं वार्षिकोत्सव २ अक्टोवरमा मनाइने भएको छ ।
एनइसिसीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार वार्षिकोत्सव कार्यक्रम निम्न मिति तथा स्थानमा मनाइनेछः
मितिः शनिवार २ अक्टोवर २०२१
समयः दिनको १२ देखि १.३० सम्म
स्थानः 20520 Beallsville Rd, Beallsville MD 20839
सो अवसरमा निम्न कार्यक्रम हुनेछः
१, आरती पण्डितजीबाट
२, स्वागत
३, नयाँ स्थानको वारेमा प्रतिवेदन
४, प्रमुख अतिथिबाट सम्वोधन
४, प्रश्नोत्तर
५, समापन
उक्त कुरा एनइसिसीका अध्यक्ष सरोज प्रजापती हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।