नेपाली राजदूत खतिवडाले भेटे सिटी अफ क्याम्ब्रिजका मेयर

मुख्य समाचार साभार रचना

विश्वपरिक्रमा डेस्क
२८ सेप्टेम्वर, वाशिंटन डिसी

नेपाली दूतावासले आयोजना गर्दै आएको घुम्ती शिविरका लागि वोष्टन पुगेका नेपाली राजदूत डा.युवराज खतिवडाले सिटी अफ क्याम्ब्रिजका मेयर सुम्वुल सिद्दिकीसँग २७ सेप्टेम्वरका दिन उनकै कार्यक्षमा भेट गरेका छन् ।
नेपाली राजदूतावासले जनाए अनुसार सो अवसरमा सो शहरमा वसोवास गर्ने नेपालीको हित तथा स्थानिय तहसँग भगिनी सम्बन्ध स्थापित गरी कसरी सम्बन्ध अघि बढाउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।
सो अवसरमा मेर सिद्दीकीले नगरको साँचो राजदूत कार्कीलाई हस्तान्तरण गरेकी थिइन् ।
भेटघाटका अवसरमा नेपाली दूतावासका डिसिएम कुमारराज खरेल तथा अमेरिकन कमिसनका कमिस्नर तथा नेपाली समुदायका नेता प्रह्लाद केसी समेत सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *