विश्वपरिक्रमा डेस्क
२८ सेप्टेम्वर, वाशिंटन डिसी
नेपाली दूतावासले आयोजना गर्दै आएको घुम्ती शिविरका लागि वोष्टन पुगेका नेपाली राजदूत डा.युवराज खतिवडाले मा्यासाचुसेट्सका गभर्नर चार्ली वेकरसँग २७ सेप्टेम्वरका दिन उनकै कार्यक्षमा भेट गरेका छन् ।
नेपाली राजदूतावासले जनाए अनुसार सो अवसरमा अमेरिका र नेपालको द्विपक्षिय हितका विषयमा कुराकानी भएको थियो । सो कुराकानीमा म्यासाचुसेटसका नेपाली डायस्पोराको हितको विषयमा, व्यापार, व्यवसाय, शिक्षा र साँस्कृतिक आदान प्रदानका विषय समेटिएको थियो । सो भेटघाटमा नेपाली दूतावासका डिसिएम कुमार राज खरेल पनि संलग्न थिए ।