पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ लाई तथा पद्मश्री साधना सम्मान २०७७ भक्तराज आचार्यलाई

Uncategorized

विश्वपरिकरामा डेस्क
२७ सेप्टेम्वर, वाशिंटन डिसी

हरेक वर्ष एक उत्कृष्ट साहित्यिक कृतिलाई खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई अर्पण गर्ने निर्णय भएको छ भने गरिएको छ भने विसं २०७७ सालको पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्वपूर्ण योगदान पुर्रयाएका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वाराद्वारा मिति २०७८।०६।१२ मा प्रेषित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यी दुवै पुरस्कार तथा सम्मानमा दुवैमा रु. तीन—तीन लाख राशी रहेको छ ।
वि.स. २०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ भने त्यस्तै वि.सं.२०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।
सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन विशेष कार्यक्रमको आयोजना गरी अर्पण गरिँदै आएकोमा यस वर्ष विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने कुरा समेत प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply