राजा घलेको “लेखेनन् कसैले कविता” म्युजिक भिडियो सार्वजनिक

नियात्रा

विश्वपरिक्रमा डेस्क
२७ सेप्टेम्वर, वाशिंटन डिसी

एटलाण्टा निवासी समाजसेवी तथा सामाजिक अभियन्ता राजा घलेको गीत “लेखेनन् कसैले कविता” को म्युजिक भिडियो सार्वजनिक भएको छ । कन्काइस्ट राइको स्वर र संगीतमा सजिएको यो गीतको म्युजिक भिडियोका लागि कथा, परिकल्पना, क्यामेरा र निर्देशन नरोत्तम पाण्डे र सरल श्रेष्ठको रहेको छ ।
यो म्युजिक भिडियो ओजास फिल्मस् स्टुडियोबाट वाहिर आएको हो ।
राजा घले लामो समयदेखि एटलाण्टामा वस्छन् । उनी नासाका पूर्व अध्यक्ष पनि हुन् । हाल उनी “हामी नेपाली” संस्थासँग पनि सम्बन्धित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *