प्रिया उन्निकृष्णन, टेक्सास, अमेरिका
घनघोर अन्धकार
जलिरहेका तालहरू
हामी समिप बस्न सक्छौं
नदी किनारका चट्टान झैं
हुनसक्छ
अव बर्षात् हुनेछैन
यो दशकमा ।
दूरि बढ्दै जानेछ फेरि
गोधूली संकेत
हिउंदे चट्टानी अनुहारका गोप्यताहरू
रात निदाउंछ वालुवामा
शून्यमा एक चिच्चाहट ।
विसाउ अन्तिम फूलको थुंगा
यसको समाधिसंगै
जहां रातो आकाश उदाउंछ गहिराईवाट
अनि सडकमा बर्षात् हुन्छ उज्योको
जहां दशकहरू विर्सनेछन् शब्दोच्चारण गर्न
गहिरो हांसोको विस्फोट
हामी हाम्रो कुटी वनाउन सक्छौं
हामी महशूस गर्न सक्छौं घनत्वको ।
लेखिका परिचय; प्रिया उन्निकृष्णन दुई भाषामा लेखने लेखिका हुन् । उनी हाल अमेरिकाको टेक्सासमा वस्छिन् । उनका कविताहरूराष्ट्रिय अन्तरराष्ट्रिय पत्रिकाहरू तथा संकलनहरूमा प्रकाशित छन् । सर्वप्रथम थर्ड आई वटरफ्लाई प्रेसवाट प्रकाशित यो कवितालेखिकावाटै अनुवादका लागि प्राप्त भएको हो ।
( अनुवादक: सुदामा)