वंदना पराशर,भारत
ॲंध्यारोमा
चुपचापसंग सुन्दछु
ॲंध्यारोको संगीत
जुन सुस्तरी
उठिरहेछ मभित्र
गहिराईवाट
र “म” सुस्तरी
डुब्दछु संगीतको गहिराईमा
नि:शब्द रातको मौनतालाई चिर्दै
हावाको सर्सराहट
कानलाई स्पर्श गर्दछ विस्तारै
रूखमा गुंडमा बसेका
चराचुरूंगीका प्रेमालापका स्वर
हृदयमा स्नेहलाई अरू प्रगाढ वनाउंछ
बादलको चन्द्रमासंग
लुकामारी खेल
कौतुहलपूर्ण हुन्छ हृदय
कामले थाकेर
पसीनाले नुहाएर
असरल्ल शरीरको सासको गतिले
प्रेरित गर्दछ कर्म पथमा
सधैं अग्रसर हुन
अंध्यारोमा
चुपचाप सुन्दछु म
आफ्नो अन्तरात्माको आवाज
जसले साक्षात्कार गराउंछ मलाई
आहा ! कति सुखद !
कति सुन्दर छ अंध्यारोको संगीत
म फर्किन चाहन्न
यो संगीतको संसारबाट
बाहिर
किनकी उज्यालोको संगीतमा
घोर कोलाहल हुन्छ !
कवि परिचय; वंदना पराशर भारतको विहारकी कवयित्री हुन् । उनको हिन्दी, अंग्रेजी, संस्कृत तथा मैथिलीमा भाषिक ज्ञान छ । उनकाकविताहरू कादम्विनी, अभिनव, प्रत्यक्षामा प्रकाशित छन् । यो कविता लेखकवाटै अनुवादकलाई प्राप्त भएको हो ।