संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र मन्त्री डा. नारायण खड्का न्यूयोर्कमा

मुख्य समाचार साभार रचना

विश्वपरिक्रमा डेस्क
२४ सेप्टेम्वर, वाशिंटन डिसी

नव नियु्क्त परराष्ट्र मन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्र संघको ७६औं महासभामा भाग लिन न्यूयोर्क आइपुगेका छन् ।
परराष्ट्र मन्त्री खड्कालाई न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तरराष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि अमृत वहादुर राई तथा न्यूयोर्कस्थित महावाणिज्यदूत विष्णु गौतमले स्वागत गरेका थिए ।
साथै न्यूयोर्कस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु समेत विमानस्थल पुगेका थिए ।
यसै वीच परराष्ट्र मन्त्री खड्काले कुवेतका परराष्ट्र मन्त्री डा. अहमद नासेर अल मोहमद अल जावेर अल सवाहसँग द्विपक्षिय वार्ता गरेको न्यूयोर्कस्थित मिसनले आफ्नो प्रेस विज्ञप्तिमा जनाएको छ ।
मन्त्री खड्काले संयुक्त राष्ट्र संघका अण्डर सेक्रेटरी जनरल जाँ पियरे लाक्रोइससँग पनि भेट गरे । सो अवसरमा नेपालको शान्ति सेनाको सङ्ख्या वढाउन आग्रह गरेको पनि बिज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *