अनेसास कविता महोत्सवमा जापानका शरद पोखरेलको “एउटा चराको सूसाइड नोट” प्रथम

Uncategorized

विश्वपरिक्रमा डेस्क
२३ सेप्टेम्वर, वाशिंटन डिसी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको ‘अनेसासकविता प्रतियोगीतामा जापानका शरद पोखरेलको कविता ‘एउटा चराको सूसाइड नोट’ प्रथम भएको छ ।नेपालका कवि शुभचन्द्र राईकोकविता द्वितीय भएको छ भने अफ्रिकाका कवि गणेश खड्का , अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराईकाकविता तृतीय भएका छन् । प्रतियोगीतामा प्रथम हुनेले ५ सय अमेरिकी डलर, द्वितीय हुनेले ३ सय डलर र तृतीय हुनेले जनही दुई- दुईसय डलर नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा वाचनका लागि चयन भएका ३५ मध्ये ३२ जना कविलेकविता वाचन गरेका थिए ।


अनेसासको केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्णायकत्रय प्रा.डा. सावित्री मल्ल कक्षपती, डा. राम्जी तिमल्सिना र साहित्यकार सुरेन्द्र अस्तफलले कविताको मूल्याङ्कनका बारेमा प्रकाश पारेका थिए ।
अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा गठित महासचिव सर्वज्ञ वाग्ले तथा सदस्यहरू डा. रेणुका सोलु, प्रमोदसारंग र महेश्वर शर्माको संयोजन समितिले प्रारम्भिक चरणको कविता ३०१ वटावाट ३५ वटा चयन गरेको थियो ।
अनेसासको प्रेस विज्ञप्ति अनुसार पुरस्कृत कविहरूलाई छिट्टै एउटा कार्यक्रमको आयोजना गरी पुरस्कार समर्पण गरिनेछ ।
अनेसासले राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीको अवसर पारेर प्रत्येक वर्ष आयोजना गर्ने घोषणा गरेको अनेसास कवितामहोत्सवको यो पहिलो संस्करण हो ।
पुरस्कृत कवि, कविताको शिर्षक र देश
प्रथम : शरद पोखरेल (एउटा चराको सूसाइड नोट) जापान
दोस्रा: शुभचन्द्र राई(बाटो) नेपाल
तेश्रा १: गणेश खड्का (आप्रवासी आर्तनाद)अफ्रिका
तेश्रा २: केशवराज ज्ञवाली (नुनको भूगोल)अमेरिका
तेश्रा ३: वन्दना भट्टराई (रहर)नेपाल

Leave a Reply