त्रि. वि. लायन्स रक्तसंचार केन्द्रलाई सहयोग प्रतिवद्धता

Uncategorized

काठमाडौं,

त्रि. वि. लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र सञ्चालनमा सहयोग गर्नको लागि आयोजित Zoom प्रविधिको माध्यमवाट भएकोकार्यक्रममा अमेरिकास्थित पाँचवटा संस्थाहरु Nepalese American Lions Network, Blood Donor’s of America (BDA), Texas Nepalese Medical Association (TNMA), Health Committee, NRNA-ICC, Association of Nepalis in the Americas (ANA) र International Nepalese Blood Donors Associations (INBDA) को सहआयोजनामा सम्पन्न भयो ।भर्चुअल कार्यक्रममा केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीले केन्द्रको वर्तमान अवस्था र संस्थाले कसरी रक्तसंचार तथा अनुसन्धानकोकार्यलाई अगाडि बढाईरहेको Presentation मार्फत प्रस्तुत गर्नु भएको थियो । २०७२ सालमा लायन्स क्ल्व मल्टिपल डिष्ट्रिक्ट ३२५नेपाल र त्रि.वि.को पहलमा ‘त्रि. वि. लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द’ को स्थापना भएको हो । त्रि.वि.बाट प्राप्त जग्गामा निर्मितआयुर्वेदिक क्याम्पस परिसरमा स्थापना भएको त्रि. वि. लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रको नयाँ भवनमा रक्तसंचार तथाअनुसन्धान केन्द्र सञ्चालन तयारी भैरहेको छ ।

उक्त कार्यक्रममा Transfusion Medicine विज्ञ डा. विपिन नेपालले नेपालको रक्तसंचारको वर्तमान अवस्था यसका नकारात्मकप्रभावहरु र चुनौतिका साथै संचालनको क्रममा रहेको त्रि.वि लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रले कसरी रगत तथा रक्ततत्वहरुआम सर्वसाधरणलाई सहज ढंगले अस्पतालवाटै उपलब्ध गराउँछ भन्ने विषय प्रस्तुत गर्नुभएको थियो । अर्का प्रस्तोता प्रा. डा प्रकाशघिमिरे, जो नेपालस्थित WHO मा लामो समयदेखी कार्यरत रहनुका साथै Blood Bank का ज्ञाता समेत हुन उनले अनुसन्धानको क्षेत्रमात्रिभुवन विश्व विद्यालयले खेल्न सक्ने भुमिका र संस्थाले अनुसन्धानमा निकै योगदान पुयाउन सक्ने बताउनु भयो ।

केन्द्रका महासचिव अजयप्रसाद खनालले कार्यक्रम सञ्चालन एवं स्वागत गर्दै, त्रि.वि. मा लामो समय प्राध्यापन गर्नु भई हाल अमेरिकामाबसोवास गर्दै आउनु भएका सामाजिक अभियन्ता एवं लायन्स क्लव इन्टरनेशनलका Speciality Club Co-Ordinator थलराज पन्तलेअमेरिकाबाट कार्यक्रम संचालन गर्नुभएको थियो । Nepalese American Lions Network का Chair वि.एन. पन्तले शुभकामनामन्तव्य राख्दै कार्यक्रमको उद्येश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।

अमेरिकास्थित विभिन्न संघ संस्थाहरुमा आवद्ध विशिष्ट नेपाली व्यक्तित्वहरुले शुभकामना मन्तव्य र आफ्नो धारण राख्नु भएकोकार्यक्रम अत्यन्त फलदायी भएको Area Leader लायन वालकृष्ण वुर्लाकोटीले बताउनुभयो । कार्यक्रमको अन्त्यमा Council Chairperson लायन मनबहादुर रोकाले सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । अष्ट्रेलिया, जापान र हङकङको विभिन्न संघसंस्थामा आवद्ध प्रतिष्ठित नेपालीहरुको विशेष सहभागितामा रहेको उक्त कार्यक्रममा केन्द्रलाई सहयोगको प्रतिवद्धता गर्नु भएको थियो।
(समाचारः प्रद्युम्न जोशी, काठमाडौंवाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *