महेश पौड्यालको “अपरिचित अनुहार” लोकार्पण सम्पन्न

Uncategorized

विश्वपरिक्रमा डेस्क
१९ सेप्टेम्वर, वाशिंटन डिसी

कवि, कथाकार, समालोचक एवम् अनुवादक महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’ २ असोजका दिन शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा लोकार्पण भयो ।
समारोहमा डा. अशोक थापा, डा. रजनी ढकाल, कृष्ण धरावासीले कथासंग्रहमाथि आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सुवास न्यौपानेले कथाकार पौड्यालको परिचयात्मक मन्तव्य प्रस्तुत गरेका थिए ।
लोकार्पण कार्यक्रमको अध्यक्षता भुवनहरि सिग्देलले गरेका थिए ।
कथाकार पौड्यालको यसअघि अन्य विधाका कृतिसहित ‘त्यसपछि फुलेन गोदावरी’ कथासंग्रह प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *