कथाकार हरि थापालाई राजमित्र पुरस्कार प्रदान गर्ने निर्णय

Uncategorized

विश्वपरिक्रमा डेस्क
१८ सेप्टेम्वर, वाशिंटन डिसी

राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ”राजमित्र स्मृति प्रज्ञा पुरस्कार” यस वर्ष कथाकार हरि थापालाई प्रदान गरिने भएको छ ।
साहित्यकार सुशील नेपाल तथा सुमन नेपालद्वारा प्रातःस्मरणीय माता-पिताको सम्झनामा स्थापित यस संस्थाले अमेरिकाको बोष्टनमा रहेर नेपाली साहित्य लेखनमा लागिपर्ने स्रष्टालाई पुरस्कार दिंदै आएको छ । यो पुरस््कारबाट यसअघि सात जना साहित्यकारहरु भारती गौतम , दिनेश राजभण्डारी , गोवर्द्धन पूजा, लालगोपाल सुवेदी, दीपा राई पुन र महेश्वर पन्त पुरस्कृत भैसकेका छन्
पुरस्कृत कथाकार हरि थापाका “अक्षररेखा” (कथा संग्रह २०५६), “तिब्बती विम्बहरू” (नियात्रासङ्ग्रह २०७०) , “व्यथाहरूको कथा”म(कथा संग्रह २०७१) , “परदेशको कथा” (कथा संग्रह २०७५), “परिमित” ( लघुकथा संग्रह २०७३) , “मियो” (ग़ज़ल संग्रह २०७४) लगायतका कृतिहरु प्रकाशित छन् । कथाकार हरि थापा लामो समयदेखि अमेरिकाको बोष्टनमा बस्दै आएका छन् । उनको जन्म छालिंग भक्तपुरमा भएको हो ।
कार्यक्रम यही सेप्टेम्बर १९ तारिख आइतवारका दिन राजमित्र प्रांगण माल्डेनमा सम्पन्न हुने समेत थाहा भएको छ ।

Leave a Reply