रमेश रेग्मीको ‘जीवनको सपना’ उपन्यासको विमोचन

Uncategorized

विश्वपरिक्रमा डेस्क
१८ सेप्टेम्वर, वाशिंटन डिसी

वासु शशी स्मृति परिषद्को आयोजनामा साहित्यकार रमेश रेग्मीको उपन्यास ‘जीवनको सपना’ ३१भदौका दिन काठमाडौंमा संक्षिप्त कार्यक्रममा लेखकको अनुपस्थितिमा विमोचन सम्पन्न भयो । प्रमुख अतिथि वरिष्ठ कवि कृष्ण जोशीले सो कृतिको विमोचन गर्दै वैदैशिक रोजगारमा जानेकाो पीडा लाई मार्मिक रुपमा उठाएको छ भने ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, साहित्यकार श्याम प्रधानले शुभकामना मन्तव्य राखेका थिए ।
परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परिषद्का सचिव प्रद्युम्न जोशीले स्वागत गर्दै उपन्यासकार रेग्मी अस्वस्थको कारणले अनुपस्थित भएको जानकारी दिएका थिए । विमोचित उपन्यासको विषयमा वोल्दै साहित्यकार ध्रुब मधिकर्मीले उपन्यासले मानवीय समस्यालाई राम्रो उजागर गरेको बताए ।
लोक प्रकाशनबाट प्रकाशित ‘जीवनको सपना’ उपन्यासकार रेग्मीको दोश्रो उपन्यास हो ।

Leave a Reply