सिक्किममा पदमसिंह सुब्बा ‘अपतन’-को जन्मजयन्ती सम्पन्न

Uncategorized मुख्य समाचार

विश्वपरिक्रमा डेस्क

१२ सेप्टेम्वर, वाशिंटन डिसी

अपतन साहित्य मण्डलीका एक व्यक्तित्व पदमसिंह सुब्बा ‘अपतन’-को जन्म जयन्तीको उपलक्ष्यमा सिक्किम अकादमी, गान्तोक, सिक्किमद्वारा सर टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयको भवनमा ११ सेप्टेम्वरका दिन आयोजना “पदमसिंह सुब्बा ‘अपतन’ व्याख्यानमाला” कार्यक्रम आयोजना गरियो । सो व्याख्यानमालाको विषय थियो “नेपाली भाषामा मौलिक शब्द र व्याकरणको किनारीकरण” व्याख्याता थिए रुद्र पौड्याल र व्याख्यानमालाका टिप्पणीकार थिए प्रा बलाराम पाण्डे ।

सो कार्यक्रममा पदमसिंहका  जेठो छोरा जगतसिंह तथा बुहारी, कान्छो छोरा, छोरी, पत्रकारहरू र विद्यार्थीहरू उपस्थित रहेका थिए ।कार्यक्रम सामाजिक दूरी तथा सरकारद्वारा जारी गरिएको कोभिड १९ को हरेक नियमावलीलाई पूर्णतः पालन गरी सम्पन्न गरिएकोथियो।

सिक्किम विश्वविद्यालयकी प्रोफेसर कविता लामाको प्रमुख आतिथ्य तथा पद्मश्री सानु लामाको अध्यक्षतामा सो कार्सयक्म्परम सम्न्नपन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *