पुरातत्व बिभागद्वारा महाकवि देवकोटाको घर पुननिर्माणको विषयमा विज्ञसँग परामर्स

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१० सेप्टेम्वेर, वाशिंटन डिसी

महाकवि देवकोटाको घर भत्काएर त्यसै स्थानमा सङ्ग्रहालय बनाउने नेपाल प्रज्ञा प्रतिष्ठानको योजना अनुसार घर भत्काउँदा व्यापक रुपमा विरोध भयो र पक्ष विपक्षमा वहस चल्यो। एकेडेमीको तर्फवाट “मर्मत हुनै नसक्ने अवस्था भएर ईन्जीनियरहरुको परामर्समा भत्काइएको” स्पष्टिकरण दिइएको थियो ।
यसै वीच सो सम्बन्धमा सर्वोच्चमा मुद्दा पर्यो र भत्काउने काम र निर्माण कार्य रोक्न अन्तरिम आदेश जारी भयो ।
यो बदलिएको परिप्रेक्षमा पुरातत्व विभागले पुरात्वविद रविन्द्र पुरी, मुद्दाका अधिबक्ता संजय अधिकारी र उनको टिम, आलोक पुलाधर लगायत पुरातत्वका अधिकृत तथा ईन्जिनयरहरको परामर्स बैठक राख्यो ।


सो अवसरमा पुरात्व विदहरुले घर भत्काउँदाका सवै सामाग्रीहरु सम्भव भएजति सङ्कलन गर्ने र त्यस घरमा प्रयोग भएका र प्रयोग गर्न सकिने सवै सामाग्रीलाई प्रयोग गरेर परम्परागत शैलीमा निर्माण हुनुपर्ने, कङ्क्रिटको ढलान हुन नहुने सुझाव दिइएको पुरातत्वविद् रविन्द्र पुरीले विश्वपरिक्रमालाई वताए ।

Leave a Reply