विश्वपरिक्रमा डेस्क
८ सेप्टेम्वर, वाशिंटन डिसी
अमेरिकाको विस्कानसिन राज्यको म्याडिसन शहरलाई कर्मथलो बनाएका साहित्यकार दम्पत्ती राजेन्द्रप्रसाद अर्याल र सीता अर्यालका बेग्ला बेग्लै दुई गीतहरूको अडियो काठमाडौंमा बि. सं. २०७८ भाद्र २३ गते बुधवारका दिन ईमेज एफ. एम.(९७.९) बाट नेपाली समयानुसार बिहान ११.०० देखि १२.०० बजेसंमको एक कार्यक्रममा प्रशारण गरी लोकार्पण सम्पन्न भयो।
ती दुई गीतमा राजेन्द्र अर्यालको “जून ठानी दिलमा राखेँ” बोलको गीत किरण भुजेलले गाएका छन् भने सीता अर्यालको “हेर्न मन लाग्दो रैछ” बोलको गीत शिब परियारले गाएका छन् । यी दुबै गीतहरूमा सुनिल मास्केको सङ्गीत रचना रहेको छ । सुनिल मास्के प्राज्ञ सङ्गीतकार हुन् ।
यी गीतहरु ईमेज एफ एमका स्टेशन म्यानेजर कृष्ण आचार्य र सन्चाकर्मी एवं प्रख्यात आरजे नरेश भट्टराई द्वयले लोकार्पण गरेका हुन् । लोकार्पण गर्दै यी दुबै गीतहरूले श्रोताहरूको हृदयमा बास बस्न सकुन भन्दै आचार्य र भट्टराइले सफलताको शुभकामना ब्यक्त गरे । अडियो लोकार्पण समारोहमा प्राज्ञ सङ्गीतकार सुनिल मास्के र एरेन्जर प्रदिप श्रेष्ठको पनि उपस्थिति थियो।
स्मरणीय छ सीता अर्याल कथा विधामा सुपरिचित नाम हो । उनका कथा सङ्ग्रहहरु प्रकाशित छन् भने राजेन्द्रप्रसाद अर्यालको कलम नियात्रा तथा तथा संस्मरणात्मक निवन्धहरुमा परिचित छ र ती विधामा पुस्तकहरु प्रकाशित छन् ।
लोकार्पित गीतहरुको अडियो तथा तस्वीर निम्न लिंकमा रहेको छ।
https://drive.google.com/drive/folders/1LP0jnk03J5gdlEVMHIgxm8THL3wRaoXx
https://drive.google.com/drive/folders/1GkXMtePsSJy-a2s4Byk37Ssgj0CA-nvJ