विश्वपरिक्रमा डेस्क
६ सेप्टेम्वर, वाशिंटन डिसी
विश्वमा कोरोना सङ्क्रमणको स्थिति अझै नाजुक नै छ । दैनिक ६।७ हजारको हाराहारीमा कोरोनाको कारण मृत्यु भइरहेको छ । यसबाट मुक्ति पाउने भनेको कोरोनाबाट सुरक्षित हुने नियम पाल गर्ने र खोप दुई मात्र विकल्प देखिएका छन् । तर सबैभन्दा प्रभावकारी विकल्प खोप मात्र देखिएको छ ।
आवर वर्ल्ड इन डाटाका अनुसार हेरौं, कस्तो छ त कोरोना खोपको स्थितिः
१, विश्वका ४०.४ प्रतिशतले कम्तीमा एक डोज खोप लगाएका छन् ।
२, अहिलेसम्म ५ अरव ४ करोड ९० लाख डोज कोप लगाईएको छ र प्रतिदिन ३ करोड २१ लाख १ हजार खोप लगाईंदैछ ।
३, निर्धन देशहरुका १.८ प्रतिशत मानिसले मात्र खोप लगाउन पाएका छन् ।
४, अहिलेसम्म सवैभन्दा बढी खोप लगाउने देश युनाइटेड अरव ईमिरेट्सदेखिएको छ । त्यहाँका कम्तिमा ८८ प्रतिशत मानिसले एक खोप लगाएका छन् जसमध्ये ७७ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
५, अमेरिकामा कम्तिमा १ खोप लगाउनेको प्रतिशत ६२ रहेको छ भने पूर्ण खोप लगाउने प्रतिशत ५२ रहेको छ ।
६, नेपालमा कम्तीमा १ खोप लगाउने १९ प्रतिशत रहेको छ ।